धरान : उदयपुरको बेलका नगरपालिका-१ आम्बासीमा रहेको बेलका मेडिकल पोलीक्लिनिक प्रा.लि.का सञ्चालक लागुऔषध र नियन्त्रित औषधी सहित पक्राउ परेका छन् ।

सप्तरी चिरहुत गाउँपालिका-२ मैनाकडेरीका २६ वर्षीय सुबोध यादवलाई लागूऔषध र नियन्त्रित औषधी सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा प्रहरीले गएराती ११ बजे सो क्लिनिकमा खानतलासी गर्दा TRAMADOl HYDROCLALORIDE-१९८ ट्याब्लेट, DICYCLOMINE HYDROCLALORIDE-५१५ ट्याब्लेट, KOFTAB–D-३०५ ट्याब्लेट, TRAMADOl HYDROCLALORIDE  OPIDOL-१५०२ ट्याब्लेट, PREGOUT KIT १० ट्याब्लेट, SILDENAFIL- ४ ट्याब्लेट, ZUNUGRA  RED १२ ट्याब्लेट र नगदएक लाख सत्र हजार, मोबाइल १ थान बरामद गरेको छ।

बरामद गरिएको सामान सहित उक्त क्लिनिकका सञ्चालक यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ। पक्राउ परेका उनको अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।