धरान : प्रहरीलाई माथि छुरा प्रहार गर्ने दुई जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान-१३ का २१ वर्षीय रञ्जित तामाङ र धरान-१५ का १९ वर्षीय राम परियार रहेका छन् ।

उनीहरूले धरान-१५ स्थित बजार सुरक्षार्थमा खटिएका अस्थायी प्रहरी चौकीका प्रहरी हवलदार विजय यादवलाई चेक गर्ने क्रममा बिहीबार छुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

हवलदार यादव प्रहरीको सेफटी पालन गरेको हुनाले घाइते भने बनेका छैनन् ।

छुरा प्रहार गर्ने दुबैजनालाई सुनसरी जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान गरेको धरान प्रहरीले जनाएको छ ।