धरान : धरानमा शाक्य कल्याण संस्थाको व्यवस्थापनमा नेवाः भाषा तालिम सुरु भएको छ।

नेवाः देय् दवू धरानको आयोजनामा र धरान उपमहानगरपालिकाको सहयोगमा तालिम सञ्चालन भएको हो । शनिवार स्वयम्भू चैत्य महाविहार धरान-१२ मा नेवाः देय् दवू धरानको अध्यक्ष मनोहर शाक्यको अध्यक्षतामा सम्पन्न तालिमको उद्घाटन प्रमुख अतिथि तथा धरान-१२ का कार्यवाहक अध्यक्ष ब्रम्हज्ञ भट्टराईले गरे।

भाषा प्रशिक्षकमा काठमाण्डौंबाट आएका निरोज महर्जन र स्थानीय प्रशिक्षकमा लक्ष्मी शाक्य रहेका छन ।

नेपाललाई संयुक्त राष्ट्र सङ्घमा दर्ता गर्ने क्रममा नेवाः लिपी रञ्जना लिपिलाई नै दर्ता गरिएको स्मरण गराउँदै नेवाः भाषा राष्ट्रको गौरव भएको नेवाः भाषा प्रशिक्षक निरोज महर्जनले बताए ।

नेवाः थपूँ गुठी धरान ८, झीगु समाज, धरान ७, शाक्य कल्याण संस्था धरान-१२ र सिद्धि नेवाः परिक्षदु धरान-७ मा एकै चोटी भाषा कक्षा सञ्चालन भइरहेको नेवाः देय् दवू धरानका अध्यक्ष मनोहर शाक्यले जानकारी गराए ।

नेवाः भाषा कक्षा दैनिक बेलुकी २ बजे देखि ४ बजे सम्म सञ्चालन हुने १ महिना सञ्चालन हुने शाक्य कल्याण संस्थाका अध्यक्ष अमृत शाक्यले जानकारी दिए।

कार्यक्रममा नेवाः भाषा प्रशिक्षणका विषयमा शाक्य कल्याण शाक्यका सचिव विकास कुमार गुभाजु, शाक्य, सिद्धि नेवाः परिषद्का अध्यक्ष, गोकुल प्रसाद श्रेष्ठ, सुनचाँदी व्यवसायी सङ्घका केन्द्रीय उपाध्यक्ष मोहन काजी शाक्य, आदिवासी जनजाति विकास समितिका सदस्य अनुप देवाल लगायतले बोलेका थिए।

कार्यक्रममा तालिमका सहभागी विभिन्न खलःपुच तथा सङ्घ संस्थाका पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो ।