विराटनगर : प्रदेश नं. १ मा आज ४३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा २९, सुनसरीमा ६, झापामा १ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १२ महिला र १५ पुरुष सहित २७, बुढीगंगा र कानेपोखरीमा १–१, सुनसरीको इटहरीमा ३, बर्जू, इनरुवा र हरिनगरमा १–१, झापाको अर्जुनधारामा १ र प्रदेश १ बाहिरका ७ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ६४७ पुगेको छ । सङ्क्रमित भएका मध्ये २९ हजार ९०९ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमित २६६ जना छन् ।

प्रदेश १ मा आज ३३४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १८ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।