तेह्रथुम : तेह्रथुम-७ लाप्छायाङ टोलमा भएको जिप दुर्घटनामा चालकको मृत्यु भएको छ ।

आइतबार राती साढे ९ बजे म्याङ्लुङ देखि मोराहाङतर्फ जाँदै गरेको को १ ज ३४०९ को जिप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । 

सो दुर्घटनामा परी जिपका चालक तेह्रथुम मन्छायायेम गाँउपालीका ५ का ४६ वर्षीय कृष्ण खापुङ गम्भीर घाइते भएका थिए ।

घाइते खापुङको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । 

जिपमा अन्य सवार कोही नभएको सो कार्यालयले जनाएको छ ।