झापा : झापाको दमक नगरपालिका-६ नमुना मार्गबाट प्रहरीले ब्राउन सुगर सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत किसनगंज जिल्ला डिबलबैंक थाना सतकौवा पञ्चायत का २६ वर्षीय सिद्धिक आलम रहेका छन्।

आइतबार दिउसो साढे १ बजे प्रहरीले चेकजाँच गर्दा उनको साथबाट २९ ग्राम १६० मिलिग्राम लागूऔषध ब्राउन सुगर  फेला पारी पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। 

पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।