धरान : सरकारले ६ महिना देखि ५९ महिना सम्मका बालबालिकालाई आज र भोलि 'भिटामिन ए' र जुकाको औषधि खुवाउँदै छ ।

आज खान छुटेकालाई भोलि पनि भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम छ । ६ महिना कटेका बालबालिकाहरुलाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

धरान उपमहानगरपालिकामा पनि भिटामिन ए र जुकाको औषधी संगै बाल भिटा पनि धरानका २० वटै वडाको साविकको खोप केन्द्रहरुमा खुवाईने कार्यक्रम रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।