धरान : सुनसरीको कोशी गाउँपालिका ४ स्थित जुद्धगंजबाट पेस्तोल सहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल भन्ने तालिम मन्सुरी रहेका छन् । उनलाई गत राती साढे ९ बजे अस्थायी प्रहरी पोस्ट शिबचौकबाट खटिएको प्रहरी टोलीले १ थान कटुवा पेस्तोल र २ राउन्ड गोली सहित पक्राउ गरेको हो ।

मन्सुरी रोजा पर्व मनाउन ससुराली घर जुद्धगंजमा आएको अवस्थामा उनलाई विशेष सुराकका आधारमा पक्राउ गरी उनी माथि खानतलासी गर्ने क्रममा हतियार र गोली फेला पारी बरामद गरिएको साथै उनी माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।