धरान : मोरङमा २९ जना सहित आज प्रदेश १ मा ५५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार आज सबै भन्दा धेरै मोरङको विराटनगर महानगरपालिकामा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मोरङको कटारी नगरपालिकामा १ पुरुष, बेलबारी नगरपालिकामा १ पुरुष, सुन्दरहरैचा नगरपालिकामा १ पुरुष १ महिला, बुढीगंगा नगरपालिकामा १ महिला गरी मोरङ जिल्लामा मात्रै २९ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

झापाको बिर्तामोड नगरपालिकामा ३ महिला २ पुरुष, झापा नगरपालिकामा १ पुरुष, कनकाई नगरपालिकामा १ महिला २ पुरुष, दमक नगरपालिकामा १ पुरुष १ महिला, मेचीनगर नगरपालिकामा २ पुरुष, भद्रपुर नगरपालिकामा १ महिला २ पुरुष, अर्जुनधारा नगरपालिकामा १ पुरुष गरी झापामा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सुनसरीमा इटहरी उपमहानगरपालिकामा १ पुरुष, देवानगञ्ज गाउँपालिकामा १ पुरुष र बराहक्षेत्र नगरपालिकामा १ पुरुष गरी सुनसरी जिल्लामा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश १ बाहिरका ३ महिला र ३ पुरुष गरी ७ जनामा पनि आज कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा अहिले सम्म कुल सङ्क्रमितको सङ्ख्या ३०,७०२ पुगेको छ भने निको हुनेको सङ्ख्या २९,९११ रहेको छ । अहिले सम्म प्रदेश १ मा ४७२ जनाको मृत्यु भएको छ भने ३३९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३२५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २२ महिला र ३३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।