धरान : मोरङको विराटनगर-४ कञ्चनवारिबाट लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले चेक गर्दा लागूऔषध सहित धरान ८ का ३२ वर्षीय दिपेन तामाङलाई लागुऔषध सहित पक्राउ गरेको छ ।

सोमबार दिउसो साढे २ बजे उनलाई लागूऔषध लुपिजेसिक ३४ एम्पुल र डाइजापाम ८६ एम्पुल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।