सङ्खुवासभा : सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिका-३ एकुवाफेदी का ३० वर्षीय रामजी तामाङको नदिमा खसेर मृत्यु भएको छ ।

सोमबार बेलुका ५ बजे सोही स्थानमा रहेको अरुण नदिमा माछा मार्ने क्रममा तामाङ ढुङ्गामा चिप्लिएर नदीमा खसी बेपत्ता भएका थिए ।

प्रहरी र स्थानीयवासीले खोजतलास गर्ने क्रममा आज बिहान ८ बजे डुबेको स्थानबाट करिब ४ मिटर दक्षिणमा ढुङ्गाको बिचमा तामाङको लास फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।