विराटनगर : धरानमा ७ जना सहित प्रदेश १ मा आज ९७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा ५५, सुनसरीमा २४, झापामा १२, खोटाङमा १ र प्रदेश १ बाहिरका ५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १६ महिला र ३१ पुरुष सहित ४७, बुढीगंगामा ३, रंगेली र सुन्दरहरैचामा २–२, कानेपोखरीमा १, सुनसरीको इटहरीमा ११, धरानमा ७, इनरुवा र बर्जूमा २-२, गढी र बराहक्षेत्रमा १–१, झापाको बिर्तामोडमा ३, अर्जुनधारा र झापा गाउँपालिकामा २-२, भद्रपुर, कचनकवल, दमक, कनकाई र कमल गाउँपालिकामा १-१, खोटाङको खोटेहाङमा १ र प्रदेश १ बाहिरका १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ७९९ पुगेको छ । सङ्क्रमित मध्ये २९ हजार ९२३ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमित ४०४ पुगेका छन् ।

प्रदेश १ मा आज ५२८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३४ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।