बेलबारी : आर्थिक अभावका कारण धेरै बिद्यार्थीहरुले पठन पाठनै पुरा नगरी बिचमै पढाई छाड्ने गरेको घटना हाम्रो देशमा नयाँ होइनन्। शैक्षिक उद्देश्य नै पुरा नगरी छाड्ने गरेका घटनाहरू बाहरीरहेकै बेला बेलबारी नगरपालिकाले भने बेलबारी बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने नयाँ बिद्यार्थीहरुको भर्ना शुल्क तिरिदिने भएको छ ।

२०७७/०७८मा प्रथम वर्षमा भर्ना हुने सबै सङ्कायका बिद्यार्थीरुहको भर्ना शुल्क नगरपालिकाले तिरिदिने नगरपालिकाको कार्यालयले जनाएको छ। क्याम्पस शिक्षा शास्त्र, बााणीज्य शास्त्र तथा मानविकी संकायको पठन पाठन हुने गरेको छ । तिनै सङ्कायमा अध्ययन गर्न आउने बिद्यार्थीहरुको भर्नाबापतको सम्पूर्ण खर्च नगरपालिकाले ब्यहोरी दिने गरी वैशाख ५ गतेको नगर कार्यपालिकाको बैठकले समेत निर्णय गरेको छ ।

आर्थिक अभावका कारण कसैले पनि पठन पाठन छोड्नु नपरोस भन्ने उद्देश्यका साथ विद्यार्थीको भर्ना शुल्क नगरपालिकाले तिरिदिने निर्णय गरेको नगर प्रमुख सुवेदीले बताए । एक जना विद्यार्थीले भर्ना शुल्क बापत अधिकता ६ हजार दुई सय सम्म बुझाउने गरेका थिए ।

सुरु सुरुमा क्याम्पसका कोठाहरूमा आँटी नआँटी विद्यार्थी आउने गरे पनि फाइनलमा परीक्षा फारम भर्ने समयमा सङ्ख्या न्यून हुने गरेको क्याम्पस प्रमुख खगेन्द्र लुइँटेलको भनाई रहेको छ ।

२०६५ सालमा स्थापना भएको उक्त क्याम्पस समेत आफ्नै जग्गामा बनेको छ । कुल लागतको ६० प्रतिशत नगरपालिकाले बजेटको व्यवस्थापन नगरपालिकाले नै गरेको थियो । आफ्नै भवन नहुँदा घर भाडामा लिएर क्याम्पस सञ्चालन गर्दा समस्याहरू भोग्नु परेको थियो ।

बेलबारी नगरपालिकाले बेलबारी बहुमुखी क्याम्पसलाई ल्यापटप, कम्प्युटर तथा प्रोजेक्टर समेत प्रदान गरेको छ । तिन थान ल्यापटप, तिन थान प्रोजेक्टर र एक थान कम्प्युटर समेत नगरपालिकाले क्याम्पसलाई हस्तान्तरण गरेको छ ।

belbari-campus-2