धरान : ग्लोबल ओरियन्स नेपाल प्रालीले आफ्नो बिक्री कक्षको शाखा धरानमा पनि उद्घाटन गरेको छ।

प्रालीले बराह डिपार्टमेन्ट सभाहलमा एक कार्यक्रम आयोजना गर्दै पूर्व वाणिज्य मन्त्री मीन बहादुर विश्वकर्माको प्रमुख अतिथिमा धरान शाखाको उद्घाटन गरेको हो।

प्रमुख अतिथि मन्त्री विश्वकर्माले मन्तव्य राख्दै समृद्ध नेपाल सुखी नेपाल बनाउनका लागी यस प्रत्यक्ष बिक्री वितरण गर्ने शाखाले एउटा इट्टा थप्ने कार्य गरेको बताए । उनले यस कम्पनी नेपाल आए पछि युवा जनशक्तिले रोजगार पाएका बताउँदै उनले भने कम्पनीमा नयाँ पुस्ताको झन् आकर्षण बढेको छ र आजको हरेकको आवश्यकता बनेको स्वास्थ्य सौन्दर्य सँग समृद्धि रहेको र त्यसको लागि ग्लोबल ओरियन्स कम्पनी कोशे ढुङ्गा साबित हुने बताए ।

दिपिका प्रधानले आफू बिरामीको अनुभव सुनाउँदै उनले भनिन 'मलाई अस्पतालहरूले अप्रेसन गर्नु पर्छ ५२ लाख लाग्छ भनेर भनेका थियो तर, मैले ओरियन्सको प्रोडक्ट औषधीको रूपमा प्रयोग गरेर अप्रेसन पनि गर्नु नपरेको पैसा पनि कम खर्च भएको थियो।'

कार्यक्रमका विशेष अतिथि ग्लोबल ओरियन्स प्राली नेपालका अध्यक्ष वसन्त पण्डितका अनुसार ओरियन्स कम्पनी नेपालमा प्रत्यक्ष बिक्री ऐन २०७४ र नियमावली २०७६ बमोजिम वाणिज्य विभागबाट प्राप्त इजाजत प्राप्त कम्पनी भएको र यो नेपालमा २०७७ साल जेठ २६ स्थापना भएको बताए ।

२०७७ असार २९ गते यसले नेपालमा इजाजत प्राप्त गरेको उनले जानकारी दिए ।

कम्पनीले स्वदेशी बस्तुहरूको उत्पादनको खपत तथा बजार बिस्तार गर्ने दाबी गरिएको छ । स्वदेशी बस्तुहरूको उत्पादन तथा निर्यात गर्ने उद्देश्यले स्थापना भएको यस कम्पनीले प्रत्यक्ष बिक्री वितरक मार्फत हरेक उपभोक्तालाई स्वास्थ्य सौन्दर्यका बस्तु बिक्री वितरण गर्ने तथा प्रबन्ध गर्ने सचेतनामूलक कार्यक्रम गर्ने गरेको उनले बताए।

ग्लोबल ओरियन्स नेपाल बिक्री कक्ष सेन्टर धरानका अध्यक्ष विकास कुमार गुरुङका अनुसार यो कम्पनीले १२ वटा सप्लिमेन्टका र ११२ वटा सौन्दर्यका सामान गरी १२ वटा प्रडक्ट बिक्री गर्दै आएको छ । कम्पनीका ११ वटा नेपालमा शाखा रहेका छन् भने जसमध्ये एउटा धरान हो ।

३ सय बढी सहभागी रहेको कार्यक्रममा ग्लोबल ओरियन्स नेपाल कस्मेटिक विभागका रिसर्च एण्ड डेभलपमेन्ट प्रमुख डा. विज्ञान जोशीले ग्लोबल ओरियन्स नेपाल प्रा.लि.का कस्मेटिक सामानको खोज अनुसन्धान साथै

उत्पादन र यसको उपभोगबाट हुने फाइदाबारे सहजीकरण गरेका थिए । मानव शरीरको लागि आवश्यक पोषकतत्वबारे ओरियन्स प्रडक्टबारे नेपालका मोटिभेटर तथा प्रमोटर रोयल चक्र बहादुर खालिङ राईले सहभागीहरूलाई सहजीकरण गरेका थिए ।