झापा : झापा जिल्लाको मेचीनगर नगरपालिका-१३ चारआली चौक स्थित पूर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मंगलबार बेलुका साढे ७ बजे पश्चिमतर्फ जाँदै गरेको को २८प ८८९१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको मे १ ख८११ नम्बरको ट्रकले ठक्कर दिई दुर्घटना भएको थियो।

सो दुर्घटनाबाट मोटरसाइकल चालक मोरङ पथरीशनिश्चरे नगरपालिका ९ का २१ वर्षीय प्रवेश बयलकोटी घाइते भई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउन साथ मृत्यु भएको थियो भने सोही मोटरसाइकल पछाडि सवार सोही स्थान बस्ने २२ वर्षीय सागर लिम्बु समेत सामान्य घाइते भएका थिए।

घाइते लिम्बुको मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक र चालक झापा अर्जुनधारा २ का ५६ वर्षीय सुमन दनुवार प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।