धरान : सुनसरी इनरुवा नगरपालिका ४ स्टार होटल अगाडीबाट जाली नोट सहित सुनसरी प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

मंगलबार साँझ सभा ५ बजे जाली नोट सहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान १९ का ६६ वर्षीय टेक बहादुर तामाङ, हरिनगर २ का २४ वर्षीय नजिम साफी र धरान १७ का महेन्द्र तामाङ रहेका छन् ।

धरान-१७ का महेन्द्र तामाङ नेपाली कांग्रेस धरान नगर कार्यसमीतीका उपसभापती हुन। 

जाली नोटको कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले चेक गर्दा उनीहरूको साथबाट नेपाली जाली नोट १ हजार दरका ४ सय १५ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जालीनोट सहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्बन्धी कसुर अन्तरगत मुद्दा दर्ता गराई थप अनुसन्धान समेत भइरहेको सो कार्यालय जनाएको छ ।