धरान : सुनसरीको इटहरी-१६ घर भई हाल इटहरी-६, कालिका गोल्ड एन्ड सिलभर हाउसका सञ्चालक २८ वर्षीय शेख राज घिमिरेलाई अवैध सुनको टिल सहित प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार साँझ साढे ८ बजे उनलाई इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनलाई इटहरी-६ स्थित विराटनगर लाइनबाट हिँडिरहेको अवस्थामा सुनको टिल १९५.४७० ग्राम, नगद १ लाख ५८ हजार सहित पक्राउ गरेको हो ।

घिमिरे अवैध तवरले सुन खरिद गरी बिक्री वितरण गर्न हिँडेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनलाई बरामद गरेको सुन सहित आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा बुझाएको छ ।