धरान : धरानमा आज ७ महिला १३ पुरुष गरी जम्मा २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार आज धरान धरान १६ का ३२ वर्षीय १ जना महिला, धरान १५ का ४० वर्षीय पुरुष, ३० वर्षीय महिला र ३८ वर्षीय पुरुष गरी ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान १३ का ५४ वर्षीय पुरुष, ४० वर्षीय पुरुष र २७ वर्षीय पुरुष गरी ३ जनामा कोरोना पुष्टि भएको छ । यसै गरी धरान ११ का ४५ वर्षीय पुरुष एक जना, धरान १८ का ३५ वर्षीय महिला, ४३ वर्षीय पुरुष र २३ वर्षीय पुरुष, २५ वर्षीय पुरुष गरी ४ जनामा कोरोना पुष्टि भएको छ ।

यसै गरी धरान ६ का १ जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसै गरी धरान १ मा ८२ वर्षीय महिला, ४० वर्षीय महिला, ४५ वर्षीय पुरुष, १५ वर्षीय पुरुष र ५० वर्षीय महिला गरी ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसै गरी धरानको वडा नखुलेका ५७ वर्षीय १ पुरुष र अर्को २२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य महाशाखाले जनाएको छ । आज धरानमा एकै दिन २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको यो वर्षकै पहिलो हो ।

यसै गरी आज प्रदेश १ मा १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार झापामा १६, मोरङमा ४९, सुनसरीमा २६, उदयपुरमा १, सङ्खुवासभामा २, धनकुटामा २ जना र प्रदेश १ बाहिरका ७ जना गरी १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।