धरान : भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव धरानको एक होटलमा महिला सहित पक्राउ परेका छन्।

सुनसरीका प्रहरी प्रमुख कमल थापाका अनुसार उनी धरान-१३ स्थित डुकु होटलमा एक महिला सँग निर्वस्त्र रूपमा पक्राउ परेका हुन।

उनले इनरुवाकै एक महिलालाई जागिर लगाइ दिने प्रलोभनमा पारि होटलमा लगेर जबरजस्ती करणी प्रयास गरेको बताइएको छ ।

अध्यक्ष दिउँसो नै सरकारी गाडीमा होटल आएको स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए।

अध्यक्ष यादवलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।

यादब तत्कालिन संघिय समाजबादी नेपालबाट निर्वाचित भएका हुन्।