धरान : यौनजन्य गतिविधि क्रियाकलाप गरिरहेको अवस्था भोक्राहा नरसिंह गाउँपालिकाका इनरुवाका अध्यक्ष महेन्द्र प्रसाद यादव धरानको एक होटेलमा युवती सहित निर्वस्त्र अबस्थामा पक्राउ परेका छन्।

तत्कालीन संघीय समाजवादी नेपालबाट निर्वाचित यादव धरानको एक होटलमा महिलासहित पक्राउ परेका हुन् ।

अध्यक्ष यादवले होटेलमा युवतीको नाम सविना र उनको नाम सलिन शाह टिपाएको खुलेको छ।

प्रहरीका अनुसार यादव धरान १३ धनकुटा जाने सडकको किनारमा रहेको डुकु होटेलमा एक महिला सँग हिजो पक्राउ परेका हुन्।

उनले एक इनरुवाकै युवतीलाई जागिर लगाइ दिने प्रलोभनमा पारेर होटेल लगेर जबरजस्ती करणी प्रयास गरेको प्रहरीले जानकारी दिएको छ।

अध्यक्ष यादव दिउँसो नै सरकारी गाडीमा होटेल आएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए।

पक्राउ परेका यादबले प्रयोग गरेको सरकारी गाडी भने भेटिएको छैन।

यादव सँगै होटेलमा भेटिएकी युवती १७ वर्ष उमेरको भएको प्रहरीले जनाएको छ।

यादव विरुद्ध जबरजस्ती करणी मुद्दाको दर्ता गर्ने तयारी भइरहेको धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए।

प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।