धरान : धरानमा आज विहानै १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार आज विहानै धरान-१८ का ६ जना पुरुष, ३ जना महिला गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यी सबै संक्रमित मध्ये केही मात्रै धरान-१८ को हुन सक्ने र बाँकी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा आएकाहरु हुन सक्ने मेहेताले बताए ।

यसैगरी धरान-७ का ५६ बर्षीय १ पुरुष, धरान-१६ का २८ बर्षीय पुरुष र २७ बर्षीय महिला गरी २ जना, धरान-१५ का २४ बर्षीय महिला र ५५ बर्षीय पुरुष गरी २ जना, धरान-६ का ६ बर्षीय बालक १ जना, धरानको वडा नखुलेको १ जना २८ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य महाशाखाका प्रमुख मेहेताले जानकारी दिए ।