धरान : धरानमा अहिले बिहान ९ बजे आएको ठुलो हावा हुरी सँगै परेको पानीले अहिले धरानमा बिजुली अवरुद्ध भएको छ ।

दुहबीबाट आएको बिजुलीको मुख्य लाइनमा धरानको चार कोशे जङ्गलको एडिबीको खानेपानी नजिकै रुख लडेर बिजुलीको तार चुँडाएको नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रका प्रमुख प्रताप बरालले जानकारी दिए ।

धरानमा एक्कासि अँध्यारो भएर आएको हावाहुरीसंगैको पानीले धरानको विभिन्न ठाउँमा रुख लडेका छन् भने बिजुलीको पोलहरूमा क्षति पुर्‍याएको बताइएको छ।

अहिले प्राधिकरणको प्राविधिक टोली चार कोशे जङ्गलमा पुगिसकेको र धरानका विभिन्न स्थानहरूमा तार चुँडिएको जानकारी प्राप्त भएको प्रमुख बरालले बताए। धरानमा दिउसो सम्ममा विद्युत सुचारु हुन सक्ने बताइएको छ।

bijuli-office-notice