झापा : झापाको भद्रपुर नगरपालिका-९ चन्द्रगढी सामुदायिक बन कार्यालय अगाडीको सडक खण्डमा ट्रकको ठक्करबाट सिटी सफारी यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानकी ७५ वर्षीय गायत्री देवी प्याकुरेल रहेको प्रहरीले जानकारी दिएको छ।

आज बिहान साढे ९ बजे भद्रपुरबाट चारआली तर्फ जाँदै गरेको मे १ क २६७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मे १ ह ६४५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा सिटी सफारीमा सवार गायत्री देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्रक, सिटी, सिटी चालक नियन्त्रणमा रहेको र ट्रक चालक फरार रहेकोले खोजतलास भइरहेको सो कार्यालयले जनाएको छ ।