धरान : विराटनगर वाट धनकुटाको जितपुर जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन् ।

को १ ख ७७७९ नम्बरको यात्रुवाहक बस भेडेटार देखि मुनि मालबाँसेको भोजपुरे गोलाईमा ब्रेक फेल भई दुर्घटना भएको भेडेटार प्रहरीले जनाएको छ ।

घाइते मध्ये ४ जना तत्काल उपचार उनीहरूको उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटना आज साढे १२ बजे तिर भएको हो। दुर्घटना अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।