धरान : धरान-११ का एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। यो सँगै धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको छ ।

पहिले देखिनै दिर्घरोगी रहेका धरान-११ का ४५ वर्षीय पुरुषको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज ११ बजेर ५७ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डा.चूडामणि पोखरेलले जानकारी दिएका छन् ।

उनलाई वैशाख ७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही दिन उपचारका लागि प्रतिष्ठानमा भर्ना भएका मृतक धरानका एक बैंकका सेक्युरिटी गार्ड रहेको बताइएको छ ।

मृतकको शव व्यवस्थापन नियम अनुसार भइरहेको बताइएको छ ।