धरान : धरानमा आज बिहानै ४ जनामा कोरोना सङ्क्रमित थपिएका छन् ।

आज थपिनेमा धरान १८ का २६ वर्षीय पुरुष र ५३ वर्षीय महिला गरी २ जना, धरान १२ का ३८ वर्षीय एक जना पुरुष र धरानकै अर्को वडा नखुलेका २६ वर्षीय पुरुष गरी ४ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।