धरान : इनरुवा नगरपालिका वडा न. ९ मा बिजुलीको पोल लडेर किच्दा एक महिलाको मृत्यु भएको छ ।

हिजो बेलुका पौने ५ बजे सोही स्थानमा को १ क ८७६ नम्बरको एक्स्काभेटर नहर सफा गर्ने क्रममा बिजुलीको पोलमा ठक्कर लाग्दा बिजुलीको पोल ढली घरमा बसिरहेकी खत्वेलाइ लाग्दा गम्भीर भएकी थिइन् ।

घाइते खत्वेलाई जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

एक्स्काभेटर नियन्त्रणमा रहेको र चालक फरार रहेकोले चालकको खोजतलास भइरहेको उक्त कार्यालयले जनाएको छ ।