धरान : ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका एक शिक्षकको गोली प्रहार गरी हत्या भएको छ ।

स्थानीय जालपा देवी आधारभूत विद्यालयका शिक्षक ५० वर्षीय खड्गबहादुर लिम्बूको हत्या भएको प्रहरीले जनाएको छ ।

हिजो बेलुका साढे ५ बजे खडक बहादुर आफ्नै घरमा बसिरहेको अवस्थामा आकाशले एक्कासि बन्दुकले हानी हत्या गरेका हुन । उनलाई प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

आकाशले प्रयोग गरेको भरुवा बन्दुक भने घटनास्थल देखी अन्दाजी ७० मिटर टाढा बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हत्याको कारण भने तत्काल नखुलेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल ताप्लेजुङमा राखिएको छ । घटनाको बारेमा अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।