विराटनगर : प्रदेश १ मा आज १ सय १६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा ७२, झापामा १४, सुनसरीमा ९, उदयपुरमा ४, धनकुटा र भोजपुरमा ३–३, सङ्खुवासभामा २, तेह्रथुम, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५४, बुढीगंगामा ८, रंगेलीमा ३, कटहरीमा २, कानेपोखरी, सुन्दरहरैचा, धनपालथान, उर्लाबारी र बेलबारीमा १–१, झापाको दमक र अर्जुनधारामा ४–४, भद्रपुरमा २, कनकाई, मेचीनगर, बिर्तामोड र झापा गाउँपालिकामा १–१, सुनसरीको धरानमा ४, इटहरी र इनरुवामा २–२ र बराहक्षेत्रमा १, उदयपुरको कटारीमा ४, धनकुटाको महालक्ष्मी, पाख्रीबास र धनकुटा नगरपालिकामा १–१, भोजपुरको षडानन्द, टेम्केमैयुङ र भोजपुर नगरपालिकामा १–१,सङ्खुवासभाको धर्मदेवी र सिलिचोङमा १–१, तेह्रथुममा १, इलाममा १, ताप्लेजुङको पाथीभरा याङवरकमा १ र ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार १८६ पुगेको छ । सङ्क्रमित मध्ये २९ हजार ९३५ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ७७६ पुगेको छ ।

प्रदेश १ मा आज ५१९ जनाको पीसीआर परीक्षण गर्दा ५३ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।