धरान : धरानमा शुक्रवार साँझ फेरि ९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

शुक्रवार बिहान ४ जना थपिए सँगै एकै दिन १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

शुक्रवार साँझ थपिनेहरूमा धरान १८ का २ जना, धरान ७ का १ जना, धरान ८ का १ जना, धरान १ का २ जना, धरान १६ का १ जना र धरानको वडा नखुलेका २ जना गरी ९ जना नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् ।

धरानमा पछिल्लो समय कोरोना संक्रमणदर उच्च रहेको र सङ्क्रमित पनि त्यही दरमा थपिरहेको बताइएको छ ।