झापा : झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ।

शनिबार बेलुका साढे ४ बजे कमल गाऊपालिका-४ सितापुरी चौक स्थितमा प्र १-०१-०१२ प १६०२ नम्बरको मोटरसाईकलले सोही स्थानका ६ बर्षीय बालक निश्चल खड्का ठक्कर दिई घाईते बनाएको थियो । घाईते बालकको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा बेलुका ५ बजे मृत्यु भएको छ ।

त्यस्तै झापाको बिर्तामोड २ रामचौक स्थित पुर्व-पश्चिम राजमार्गमा मे १० प ५५२० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक अर्जुनधारा-९ का ३० बर्षीय सुमन थापा र पछाडी सवार अर्जुनधारा ७ की २७ बर्षीया सुसना राई घाईते भई उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड पठाईएको थियो।

घाईते मध्ये सुसनाको उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको थियो भने अर्का घाईते सुमनको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।