धरान : मोरङ केराबारी गाउँपालिका- ३ का ३२ वर्षीय हस्त वहादुर राईको शिकार खेल्दा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लागी मृत्यु भएको छ।

गत वैशाख ८ गते साँझ उनि सोही स्थानमा रहेको बाँसघारी खोप सरकारी राष्ट्रिय वन जंगलमा सोही स्थानका ३७ वर्षीय गजेन्द्र राई र २६ वर्षीय रुबिन लिम्बुसंग हस्त पनि शिकार खेल्न गएको प्रहरीले जनाएको छ ।

वैशाख ९ गते दिउँसो गजेन्द्र र रुबिनले हस्त बहादुरको शिकार खेल्ने क्रममा आफैले चलाएको गोली लागी मृत्यु भएको भनि यनीहरुले प्रहरीलाई खबर गरेका थिए । भने केराबारीबाट खटेको प्रहरी टोली घटनास्थलबाट १ थान भरुवा बन्दुक फेला पारेको थियो ।

बेलबारी प्रहरी टोलीले गजेन्द्र र रुबिनलाई पक्राउ गरी अनुसन्धानको गर्दा वैशाख ८ गते रातको ९ बजे गजेन्द्रले प्रहार गरेको भरुवा बन्दुकको गोली लागि हस्त वहादुरको घटनास्थलमा मृत्यु भएको खुल्न आएको हो ।

पक्राउ परेका उपर ज्यान सम्वन्धी कसूर र हातहतियार खरखजाना कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको केराबारीका इन्स्पेक्टर सरोज खनालले जानकारी दिए । उनीहरुले घटनाबारे प्रहरीलाई आफै जानकारी गराएको हुँदा उनीहरुले भोग्ने सजाएमा केही छुट हुने खनालले बताएका छन्।