विराटनगर : प्रदेश १ मा आज १२२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा ८४, सुनसरीमा १५, झापामा ५, सङ्खुवासभामा ४, धनकुटा, खोटाङ, इलाम, पाँचथर र ताप्लेजुङमा १-१ र प्रदेश १ बाहिरका ८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा २४ महिला र ५१ पुरुष सहित ७५, बुढीगंगामा ४, कटहरी र उर्लाबारीमा २-२ र धनपालथान र लेटाङमा १-१, सुनसरीको इनरुवामा ६, इटहरीमा ४, बराहक्षेत्र, हरिनगर, दुहबी, रामधुनी र धरानमा १-१, झापाको दमकमा ४, भद्रपुरमा १, सङ्खुवासभाको खाँदबारीमा ३ र स्थानीय तह नखुलेको १, धनकुटाको चौबिसे, खोटाङको खोटेहाङ, इलामको इलाम, पाँचथरको मिक्लाजुङ र ताप्लेजुङको फुङलिङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार ४४४ पुगेको छ । सङ्क्रमित मध्ये २९ हजार ९५४ जना सङ्क्रमणमुक्त भएका छन् । १ हजार १० जना सक्रिय सङ्क्रमित छन् ।

प्रदेश १ मा आज ४४१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ महिला र ८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।