धरान : धरानमा आइतबार साँझ धरान उपमहानगरपालिकाका कर्मचारी र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर सहित १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार १ वर्षीय बालिका देखि नगरपालिकाका एक जना कर्मचारी र बीपीका एक जना डाक्टर सहित गरी १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमित धरान उपमहानगरपालिकाका कर्मचारी स्टोर शाखामा कार्यरत रहेको बताइएको छ । अन्य सङ्क्रमितहरू धरान १७ का ४ वर्षका बालक, १८ नम्बर वडाका ४५ वर्षीय महिला र ४२ वर्षीय पुरुष, धरान १६ का ३१ वर्षीय पुरुष, धरान ३ का ६२ वर्षीय पुरुष, धरान ८ को ३२ वर्षीय महिला, वडानम्वर नखुलेका ८ जना मध्ये ३ जना महिलामा १ वर्षीय बालिका सहित १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य महाशाखाले जनाएको छ ।