धरान : धरान-१६ का २३ वर्षीय निखिल जोशीलाई लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।

उनले धरान २ भानुचौकमा चिया पसल गर्दै आएका थिए । उनले चिया पसलमा लागूऔषध समेत बिक्री वितरण गर्ने गरेको सूचना प्रहरीले पाए पछि हिजो बेलुका ५ बजे वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले जोशीको चिया पसलबाट लागूऔषध स्पामोप्रोक्सीभान आर प्लस–६०० ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको लागूऔषध सहित उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।