झापा : झापाको पाडाजुङी -गौरीगञ्ज सडक खण्ड अन्तर्गत गौरादह नगरपालिका -१ स्थित सितापुरी भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

उत्तरबाट दक्षिण तर्फ जादै गरेको को २ प ५४१३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको मे ११ प २०६९ नम्बरको मोटरसाइल एक आपसमा ठोक्किदा तिन जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा झापाको गौरीगञ्ज गाउँपालिका -२ का २१ वर्षीय विशाल ताजपुरिया, सुनसरी स्थित झुम्काका ४५ वर्षीय मेनाइ सरदार र इटहरी उपमहानगरपालिका १३ का २५ वर्षीय भोला सरदार रहको दमक ट्राफिक प्रमुख दिलिप चौधरीले जानकारी दिएका छन् ।

उनीहरुलाई दमक स्थित लाइफलाइन अस्पतालमा प्राथमिक उपचार पछि न्यूरो अस्पताल विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ । दुवै मोटरसाइकल गौरादह प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।