धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत धनुषाका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार जनकपुर ८ धनुषा बस्ने ४८ वर्षीय पुरुषको आज बिहान ७ बजेर १५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको हो ।

उपचारका लागि वैशाख ९ गते भर्ना भएका उनलाई १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचापको समस्या रहेको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।