धरान : कोरोना संक्रमणदर बढिरहेको भन्दै देशका विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञा जारी भइरहेको बेलामा धरानमा भने कक्षा ५ देखि माथि कक्षा १० सम्मको ५ वटा विषयको परीक्षा लिने निर्णय भएको छ ।

सरकारले कोरोना सङ्क्रमण नियन्त्रण र न्यूनीकरणका लागि गरेको निर्णयको धज्जी उडाउँदै आज धरान उपमहानगरपालिकामा मेयर तिलक राईको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । बैठक पछि धरान उपमहानगरपालिकाले एक सूचना जारी गरी

कोरोना सङ्क्रमणको अवस्थालाई समेत मध्यनजर गर्दै पूर्व निर्धारित परीक्षाका कार्यक्रमहरू मध्ये कक्षा ५ देखि माथिका सबै कक्षाका मुख्य ५ विषयहरू (नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक) को परीक्षा वैशाख १८ गतेभित्र स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पूर्ण रूपमा पालना गर्दै सम्पन्न गरिसक्ने र अन्य विषयहरू आन्तरिक मूल्याङ्कनबाट निर्णय गरेको छ ।

Suchana 3

यसै गरी कक्षा ५ भन्दा तल्ला कक्षामा सबै विषयहरू आन्तरिक मूल्याङ्कनबाट निर्णय गर्ने र नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८ वैशाख ५ को आदेश बमोजिम सबै शैक्षिक संस्थाहरूमा परीक्षा बाहेक भौतिक रूपमा सञ्चालन हुने शैक्षिक गतिविधिहरू (ट्युसन, कोचिड्, तयारी कक्षा आदि ) पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको धरान उपमहानगरपालिकाको खेलकुद तथा शिक्षा महाशाखाका प्रमुख रत्नबहादुर कटुवालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।