धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा आज दिउसो विराटनगरका कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार विराटनगर १२ मोरङका ७५ वर्षीय वृद्ध पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

दिर्घरोगी रहेका मृतकको वैशाख ४ गते कोरोना सङ्क्रमण पुष्टि भई अस्पताल भर्ना भएका थिए । उनको आज दिउसो १ बजेर ५५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मृतकको शवको व्यवस्थापन नियम अनुसार भइरहेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा आज एकै दिन २ जनाको मृत्यु भएको छ । बिहान धनुषाका एक जना पुरुषको मृत्यु भएको थियो ।