विराटनगर : प्रदेश १ मा आज २०२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा ११४, झापामा ३७ , सुनसरीमा ३३ ताप्लेजुङमा २, सङ्खुवासभा, उदयपुर, पाँचथर र इलाममा १–१ र प्रदेश १ बाहिरका १२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ३५ महिला र ५५ पुरुष गरी ९० जना, बुढीगंगामा ८, कटहरीमा ४, रंगेलीमा ३, लेटाङ र बेलबारीमा २-२, केराबारी, सुन्दरहरैचा, धनपालथान, उर्लाबारी र ग्रामथानमा १-१, सुनसरीको इटहरीमा १४, धरानमा १३, इनरुवामा ४, गढी र स्थानीय तह नखुलेको १-१, झापाको दमकमा १५, गौरीगञ्जमा ६, मेचीनगर र बिर्तामोडमा ४-४, अर्जुनधारा र कनकाईमा ३-३, शिवसताक्षी र कमल गाउँपालिकामा १-१, ताप्लेजुङको सिदिङ्वा र फुङलिङमा १-१, सङ्खुवासभाको धर्मदेवीमा १, उदयपुरको चौदण्डीगढीमा १, पाँचथरमा १ , इलाममा १ र प्रदेश १ बाहिरका १२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार ६४६ पुगेको छ । सङ्क्रमित मध्ये २९ हजार ९५९ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार २०५ पुगेको छ ।

प्रदेश १ मा आज ७४७ जनाको पीसीआर परीक्षण गर्दा ७६ महिला र १२६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।