इटहरी : नेपाल सरकारले पूर्व निर्धारित परीक्षा रोक्न गरेको निर्णयलाई कार्यान्वयन गर्ने इटहरी उपमहानगरपालिकाले बताएको छ ।

शिक्षा महाशाखाका प्रमुख सूर्यप्रसाद सुवेदीले सामुदायिक तथा निजी विद्यालयलाई सामूहिक पत्र मार्फत परीक्षा नगर्न नगराउन भनेका हुन् ।

कोभिड १९ को महामारी बढ्दै गइरहेको बेला नेपाल सरकारले सबै परीक्षा बन्द गर्ने निर्णय गरेको हो । गत आइतबार भएको निर्णय अनुसार नै आफुहहरु अगाडी बढ्नुपर्ने पत्रमा उल्लेख गरिएको छ ।

भौतिक उपस्थिति बिना नै भर्चुअल वा अनलाइन मार्फत पठनपाठन अगाडी बढाउन पाइने भएको छ ।

Itahari-Suchana