इटहरी : इटहरी उपमहानगरपालिका वडा नम्बर १८ का महिलाले जङ्गलमा त्यतिकै खेर गइरहेको थाकल वाट सुन्दर ब्याग र ह्याट बनाएका छन् ।

इटहरी उपमहानगरका उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तर्गत १५ दिने तालिमका क्रममा चौधरी समुदायका महिलाले सुन्दर ब्याग र ह्याट बनाएका हुन । उनीहरूलाई दाङ वाट आएर चन्द्रावती चौधरीले थाकल वाट ब्याग र ह्याट बनाउन सिकाएका हुन् ।

तालिम समापन कार्यक्रममा सहभागीहरूले थाकल वाट यति राम्रा सामाग्री वन्छ होला भन्ने आफूहरूलाई नलागेको प्रतिक्रिया दिए । सहभागीहरू ओम कुमारी र सुमित्रा चौधरीले सिकेको सिप मार्फत व्यावसायिक बन्ने आत्मविश्वास बढेको बताए ।

इटहरी १८ का महिला मेहनती रहेको भन्दै सहजकर्ता चौधरीले प्रशंसा गरे । उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले उद्यमी समूह दर्ता गरेर थाकलका सामाग्री निर्माण गरी वडा नम्बर १८ को पहिचान बनाउन आग्रह गरिन् । उद्यम थालनी गर्न विउपूँजी उपलब्ध गराउने प्रतिबद्धता जनाइन् ।

वडाध्यक्ष राम कुमार चौधरीले बजार र पुँजीको अभाव हुन नदिने बताए । स्थानीय नेत्री अम्बिका चौधरीले सिकेको सिपलाई प्रयोग गरेर व्यावसायिक बन्न सल्लाह दिइन् । कार्यक्रम संयोजक अन्जु चौधरीले इटहरी १८ का महिला थाकल वाट विभिन्न सामाग्री बनाएर बेच्न उत्साहित रहेको बताइन् ।

Thakalbata-Bag-ra-topi-1