धरान : धरान उपमहानगरपालिकाले हिजो सर्वपक्षीय बैठक बसेर कक्षा ५ देखि १० सम्मको परीक्षा सुचारु गर्ने निर्णय गरेको आज फेरि अर्को सूचना जारी गरी सबै परीक्षाहरू स्थगित गरेको जनाएको छ ।  

धरान उपमहानगरपालिकाको शिक्षा महाशाखाले एक सूचना जारी गरी परीक्षाहरू स्थगित भएको  जानकारी दिएको हो । 

शिक्षा महाशाखाका प्रमुख रत्नबहादुर कटवालले आजदेखि लिने भनिएको कक्षा ५ देखि १० कक्षा सम्मका परीक्षाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बताएका छन् ।

परीक्षा दिन पुगेका विद्यार्थीहरूलाई भने शिक्षक र प्रहरीले बाटै बाट घर फर्काएका छन् । सर्वपक्षीय बैठक बसेर नगरपालिकाले गरेको निर्णय प्रति असन्तुष्टि जनाउँदै सरकारको निर्णय विपरीत निर्णय भएको भनिँदै आएको थियो । अन्ततः निर्णय फिर्ता लिन धरान उपमहानगरपालिका बाध्य भएको छ । 

Exam-Sthagit-Suchana