धरान : धरान उपमहानगरपालिकामा मंगलबार साँझ २५ जना कोरोना सङ्क्रमित थपिएका छन्।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार आज धरान-१८ का १६ जना, वडानम्वर नखुलेको २ जना, धरान-१२ का २ जना, धरान-७ का १ जना, धरान-११ का १ जना, धरान-३ का १ जना, धरान-१६ का १ जना र धरान-१७ का १ जना गरी १७ जना पुरुष र ८ जना महिला गरी २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

थपिएका सबै सङ्क्रमितको पिसिआर परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रमुख मेहेताले बताए ।

प्रदेश १ मा आज १८८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार ८३४ पुगेको छ।

सङ्क्रमित भएका मध्ये २९ हजार ९७७ पुगेको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ३७३ पुगेको छ ।

प्रदेश १ मा आज ७७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७१ महिला र ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।