बराहक्षेत्र : बन्यजन्तुको क्षेत्रमा काम गर्दै आएको हिमालय प्रकृतिले बराहक्षेत्र-२ मा एलपि ग्यास बितरण गरेको छ। कोशी पंक्षी अवलोकन केन्द्रमा सोही वडाका ६५ घर परिवारलाई ग्यास बितरण गरिएको हो ।

आयरल्यान्डका संरक्षणप्रेमी म्यारी रोज क्योनीको आर्थिक सहयोगमा हिमालय प्रकृतिले ग्यास सिलिन्डर र चुलो प्रदान गरेको हो ।

बन क्षेत्र आसपास बस्ने बिपन्न परिवारलाई वडा कार्यलयको समन्वयमा बितरण गरिएको हिमालय प्रकृतिका स्थानीय प्रतिनिधि बिमल तिम्सिनाले जानकारी दिए ।

कोशीटप्पुमा आउने दुर्लभ चराहरु बस्ने जङ्गल संरक्षणको उदेश्यले ग्यास सेट वितरण गरेको प्रकृतिका वातावरण अध्येता लब केसिले बताए ।

बितरण कार्यक्रममा बराहक्षेत्र नगरपालिका उपप्रमुख, वडाध्यक्ष लगायतको उपस्थिति थियो ।