इटहरी : सहिदका छोरोछोरी अध्ययन गर्ने विद्यालय माओवादी केन्द्र र नेकपा एमाले (ओली समूह)को कोपभाजनमा परेको छ ।

इटहरी -१९ भवानिपुरमा अवस्थित सहिद स्कुलमा भ्रष्टाचार भएको भन्दै आन्दोलन सुरु भएको छ । माके सम्बद्ध शिक्षक तथा व्यवस्थापन समितिको एकछत्र रहेको व्द्यिालयमा पछिल्लो समय एमाले प्रवेश भएसंगै भ्रष्टाचारको विषय बाहिर आउन थालेको हो ।

केही समय अगाडी एमाले र माके मिलेर नेकपा बन्यो । पछि सर्वोच्चको आदेशले नेकपा विभाजन भई पुर्ववत रुपमा माके र एमाले भयो । त्यससंगै नेता कार्यकर्ता पनि विभाजीत भए । पूर्व माकेका धेरै नेताहरु एमाले(ओली समूह ) मै रहे । पुर्व माकेका नेता समेत रहेका सहिद स्कुलका प्रधानाध्यापक शिवचन्द्र राई एमालेमै रहे । उनीसंगै लेखा अधिकृत लिला राज काफ्ले पनि माकेमा फर्कीएनन् ।

माकेको एकल प्रभुत्व रहेको सहिद स्कुलमा एमाले प्रवेश भयो । एमालेलाई जसरी पनि निकाल्नुपर्ने रणनीतिमा व्यवस्थापन समिति लाग्यो । समितिले लिखित जानकारी नगराए पनि व्यवहारिक रुपमा राई र काफ्ले लाई बिद्यालय आउन रोक लगायो । त्यसैको प्रतिक्रिया स्वरुप काफ्ले र राईले स्थानिय एमाले कार्यकर्ता संग समन्वय गरे । स्थापनाकाल देखी हिसाबकिताब सार्वजनिक नभएको बुझेपछि स्थानीयले हिसाब माग्न थाले । विभिन्न शीर्षकमा भ्रष्टाचार भएको भन्दै आन्दोलन सुरु भयो ।

एमालेका स्थानीय युवा नेता लक्ष्मण कुमार राईको संयोजकत्वमा संघर्ष समिति बनाएर आन्दोलन सुरु भयो । व्यवस्थापन समिति विरूद्ध ज्ञापन पत्र बुझाउँदै स्थानीयले व्द्यिालयमा तालाबन्दी गरे । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरीको नाममा ८० लाख बेरुजु देखिएको कुरा बाहिर आएपछि आफूहरु आन्दोलनमा उत्रीनु परेको संयोजक राईले बताए । नेपाल सरकार बाट वार्षीक आउने ३ करोड २० लाख रुपैयाँको हिसाब समेत लुकाएको कारण आफूहरु सशंकित भएको उनको बुझाइ छ ।

सहिद परिवारका सन्तानको स्याहार तथा शिक्षाको लागी सुरु भएको आवसिय मावि पछिल्लो समय माओवादी केन्द्रको पार्टी कार्यालय जस्तो भएको उनको आरोप छ । द्धन्द पीडितका सन्तान सकिएप छी धनी महाजन माओवादी नेताका सन्तानले मात्र ठाउँ पाउने गरेको राईले बताए । पीडितको नाममा बिचौलियाहरु हाबी भएको र माओवादीको सिन्डिकेट भएको भन्दै आन्दोलनमा उत्रीनु परेको संयोजक राईको भनाई छ ।andolan--news 1

एमाले र माके बिचमा बढ्दै गएको इगोको कारण भ्रष्टाचार प्रकरण बाहिर आएको देखिन्छ । एमाले सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियु सुनसरीले समेत बिद्यालयमा तालाबन्दी गरेको छ । गत सोमबार अध्यक्ष रोशन रेग्मी नेतृत्वको समितिले प्रशासनिक भवनमा तालाबन्दी गरेको हो । भ्रष्टाचार छानविन हुनुपर्ने, ११ वर्ष देखीको हिसाबकिताब सार्वजनिक हुनुपर्ने अनेरास्ववियुको माग छ ।

उता संघर्ष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा निवेदन दर्ता गराइसकेको छ । जिल्ला शिक्षा कार्यालय तथा इटहरी उपमहानगरपालिकाको शिक्षा महाशाखामा पनि निवेदन परेको छ । बिना प्रतिस्पर्धा कर्मचारी नियुक्ति गरेको, एउटा पार्टीको मात्र बोलवाला रहने गरेको, राम्रा भन्दा हाम्रालाई प्राथमिकता दिइएको उनीहरुको आरोप छ ।

उता व्यवस्थापन समिति अध्यक्ष मणिराम गिरीले पुरानै प्रतिकृया दोहोर्याएका छन् । केही कर्मचारी साथीहरु चरीत्र हत्यामा उत्रीएको उनी बताउँछन् । आफै प्रअ र लेखापाल हुने र अरुलाई भ्रष्टाचारको आरोप लगाउने काममा लागी परेको उनले बताए ।