धरान : सुनसरीको दुहबी नगरपालिका ८ फुटानी चोकमा रहेको पशुपति फ्याक्ट्रीका मजदुर भारत विहार सम्मतिपुर का १९ वर्षीय रुपेश कुमारको लिफ्टमा चेपिएर मृत्यु भएको छ ।

मंगलबार बेलुका ९ बजे सोही फ्याक्ट्रीमा दुई तला माथि सामान लैजाने क्रममा लिफ्टमा अचानक टाउको चेपिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।