धरान : मोरङको उर्लाबारी नगरपालिका ४ स्थित आइतबारे बजारबाट प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उर्लाबारी ४ का २१ वर्षीय सागर तामाङ र सोही स्थानका १७ वर्षीय दीपेश राजवंशी रहेका छन् । मंगलबार बेलुका ७ बजे प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूको साथबाट प्रतिबन्धित औषधी ट्रामोल-१०० चक्की र डिकोलिक -१०० चक्की सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।