धरान  : धरानका दुई छुट्टा -छुट्टै स्थानमा दुई जना मानिसको झुन्डिएको अवस्थामा शब फेला परेका छन्।

इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारी अनुसार धरान -३ बाबाधाम मार्गमा २० वर्षीय रोहित मरिक आज बिहान ६ बजे आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। उनी घरमा हिजो देखि रामो नबोलेको र सबै ढोकाहरु बन्द गरेर सुतेको बुझिएको छ । निकै बेर ढोका नखोले पछि मरिकका परिवारले धरान प्रहरीलाई खबर गरेका हुन्।
यस्तै,धरान -१७ तल्लो उदयटोलमा पनि बिहान साढे ६ बजे ७८ वर्षीय डल्ली माया दर्जी शौचालयमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनी छोराको घरमा बस्दै आएको प्रहरीले जनाएको छ भने दर्जीले यसअघि पनि आत्महत्या प्रयास गरेको बुझिएको छ ।

इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज ओलीले दुबै घटनास्थलको लासको मुचुल्का तयार पारेर बिपी कोइराला स्वाथ्य प्रतिष्ठान धरानमा पोष्टर्माटम गर्न लगेको कपुरी न्यूजलाई जानकारी दिएका छन्।

इन्सपेक्टर ओलीले दुबै मृतक झुण्डीएको हेर्दा असामान्य जस्तो देखिएपनी बाहिरी कुनै पनि चोटपटक नदेखिएको बताउँदै दुबै घटनाको थप अनुसन्धान गर्ने बताएका छन् ।