धरान : उदयपुरको उदयपुरगढी –७ मा आज मध्यान्ह भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

आज बिहान पौने १२ बजेको समयमा उदयपुरगढीबाट गाईघाट तर्फ जाँदै गरेको स १ च ९३९ नम्बरको बोलेरो आफै अनियन्त्रित भई दुर्घटना हुँदा बोलेरोमा सवार रहेका १३ जना घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारको लागी जिल्ला अस्पताल गाईघाट पठाइएकोमा उदयपुरगढी गाउँपालिका–१ का ३७ वर्षीय शिव खत्रीको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

अन्य घाइतेहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारको लागी विराटनगर पठाएको उक्त कार्यालयले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।